२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

डुबान र बाढीको पीडामा सुस्तावासी

नारायणीको बाढी र डुबानमा परेको सुस्ताका स्थानीय ट्रयाक्टरको टालीमा छाता ओडेर खाना बनाउदै । तस्बिर: नागरिक

नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी पारीको सुस्ताकी पार्वती भरको घर बाढीले भत्काइदिएको ७ दिन भयो । साउन ६ गते बस्तीमा आएको नारायणीले घरसँगै उनका लत्ताकपडा अन्नपात सबै नष्ट गरिएको थियो । अहिले ६ जनाको परिवार बिचल्लीमा परेको छ । ५ जना छोराछोरी सहित अहिले उनी छिमेकीको आगनमा आश्रय लिइरहेकी छन् । गाउँलेको सहयोगमा छोराछोरीलाई आधा पेट खुवाएर राख्ने गरेको उनको गुनासो छ ।  

थारुटोलाकै अम्मर चमारको परिवार पनि एक सातादेखि उखुबारीमा अस्थाई टहरो बनाएर बसेको छ । बाढीले घर भत्किएपछि उनको घरमा पनि खानेकुरा तथा लत्ताकपडा केही छैनन् । ‘न बस्ने बास रह्यो न खाने कुरा नै छ हामी त बर्बाद भयौं’ चमारले भने । सोमबारदेखि निरन्तर भइरहेको वर्षाले पुनः यहाँ डुबाल परेको छ ।  

थारु टोलाकै मोतीला कोइरीको अवस्था पनि उस्तै छ । बाढीले घरको भित्ता चर्केको छ । गत साता नारायणीको भंगालो पसेको सुस्तामा अहिले पनि घर घरमा हिले पानी सुकेको छैन । धानचामल लत्ताकपडा हिलोमा मिसीएर काम नलाग्ने अवस्थामा छन् । लगातारको वर्षाले डुबानमा परेको सुस्तामा साउन ६ गते स्पर नं. १ को उत्तरपूर्वबाट नारायणीको बाढी पसेको थियो । बाढीले थारु टोलका झण्डै ४५ घर दुई दिनसम्म पूर्ण रूपमा डुबानमा परेका छन् । आधा दर्जन कच्ची घर भत्किएका छन् भने । पहाडी टोल र ठूलाटोलाका अधिकांश घरमा पनि भेलबाढी पसेको छ । घर डुबानमा परेपछि आश्रयकालागि ठाँउ खोज्दै केही त भारतको भेडीहारीसम्म पुगेको स्थानीय रबिन्द्र जैसवालले बताए ।

२ सय ६५ घरधुरी रहेको सुस्तामा विपद् व्यवस्थापनकालागि यसअघि कुनै खालको पूर्व तयारी गरेको छैन । वर्षेनी बाढी र डुबानको चपेटामा परेपनि यहाँ एउटा समुदायिक भवन समेत छैन । जसका कराण बाढी र डुबानमा परेकालाई उद्धार गरेर राख्ने सुरक्षित स्थान नै छैन ।  

सुस्ताको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै विओपी वर्षामा पूर्णरूपमा डुबानमा परेपछि हतियार जोगाउन गाउँमा पुग्नुपर्ने बाध्यता आएको छ । 

प्रकाशित: १४ श्रावण २०७७ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App