११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

राजधानीको महावौद्धमा कोरोना संक्रमित भेटिएपछि त्रास

काठमाडौंको व्यापारिक केन्द्र मानिने महाबौद्धमा कोरोना संक्रमित फेला परेपछि त्रास बढेको छ। आइतबार एकै परिवारका पाँच जनालाई कोरोना पुष्टि भएपछि त्रास बढेको हो।  हाल संक्रमित भेटिएको सय मिटर आसपासका पसलहरु बन्द गरिएको वडा नम्बर २७ का वडा अध्यक्ष चिनियाँमान बज्रचार्यले जानकारी दिए। ति संक्रमितले महाबौद्धको गणेशमन्दीर नजिकै अन्डरगार्मेन्डको पसल संचालन गर्दै आएका थिए।  

एकजना संक्रमित करिब दुई साता अघि मात्रै भारतको सितापुरबाट काठमाडौं आएका थिए। बाहिरबाट आउनेहरुले वडासँग सम्पर्क गर्न भनेपनि उनले जानकारी नगराएको अध्यक्ष बज्रचार्यले बताए।  

‘डेंगु लागेको छ भनेर लुकाएर राखेको रहेछ। तुरुन्तै वडासँग सम्पर्कमा आएको भए यस्तो अवस्था सिर्जना हुँदैथ्यो’, उनी भन्छन’, केही समयपछि टाउको दुख्ने र श्वास प्रश्वासमा समस्या देखिएपछि उनीहरुले कोरोना परीक्षण गराएका थिए। उनीहरुको रिपोर्ट पोजिटिभ आयो।’

घरका बाँकी बुबाआमा र काम गर्ने एकजनाको समेत परीक्षण गर्दा उनीहरुको रिपोर्ट समेत पोजिटिभ देखिएको हो।  

कोरोना संक्रमण पुष्टि भएसँगै वडाले महाबौद्ध क्षेत्रमा पसल बन्द गर्न र सर्तक रहन आग्रह गरेको थियो। तर, व्यवसायीहरुले उक्त आग्रह नमानेको बज्राचार्यले गुनासो गरे।  

‘यतिबेला संसारलाई नै गाह्रो छ। हामीलाई मात्रै होइन। दुई चारदिन पसल बन्द गर्न पनि मानेका छैनन्। ‘हामीले आग्रह मात्रै गर्ने हो। समन्वय गर्ने हो। उहाँहरुले मान्नु भएन’, उनले भने।  

शिल गर्न महानागर, काठमाडौं जिल्ला प्रशासन, गृहमन्त्रालय समेत जानकारी गराइए पनि छलफल भैरहेको  छ कुनै निर्णय नआएको उनले बताए।  

‘वडाले शिल गर्न मिल्दैन। मान्छेहरुको आवतजावात कम गर्न सकिएको छैन्। प्रहरी र सेनालाई भनेका छौँ। भोली छलफल गर्छौं। उनीहरुबाट अरुलाई सरेको भए अर्को समस्या हुन्छ नि’, उनले भने।

हाल संक्रमितहरुले पसल सञ्चालन गर्दै आइरहेको क्षेत्रका सबै व्यवसाय गर्दै आइरहेकाहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।

व्यापारिक क्षेत्र भएकोले संक्रमण फैलिएको भन्ने डर छ। यसले अर्को भय सिर्जना गराएको छ’, उनी भन्छन्,‘केहि दिन सबैजनाले साथ दिनु हुन्छ भन्ने अपेक्षा गरेको छु’।  

संक्रमित देखिएकी महिला त्यस क्षेत्रको होटलमा खाजा खाना गएकोले झन थप त्रास बढाएको छ। महावौद्ध क्षेत्रमा ति संक्रमितको सम्पर्कमा  

काठमाडौंका  भित्री बस्तीमा संक्रमितहरु भेटिएसँगै सतर्कता रहन आग्रह गरिएको छ। लकडाउन खुकुलो भएसँगै असन,इन्द्रचोक, न्यूरोड, महाबौद्ध क्षेत्रमा बजार खुलेको र मानिसहरुको भीडभाड बढ्दै गएको छ।  

प्रकाशित: १२ श्रावण २०७७ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App