६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर एक जना बेपत्ता

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । आइतबार बेलुका निर्माणाधिन सडकमा हिँडिरहेका नरहरिनाथ गाउँपालिका–८ का १६ वर्षीय पारस भण्डारा पहिरोमा परेर बेपत्ता भएका हुन् ।  

मलामी गएर फर्किने क्रममा भण्डारा पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । ‘पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजीकार्य जारी छ,’ उनले भने, ‘ठूलो पहिरो गएकाले खोजीकार्यमा कठिनाई भइरहेको छ ।’

प्रकाशित: १२ श्रावण २०७७ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App