११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटाङमा फेरी देखिए संक्रमित

खोटाङमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ११ जना संक्रमित उपचारपछि घर फर्किसकेको केही समयपछि बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पूष्टी भएको हो । विदेशबाट काठ्माण्डौं ओर्लिएर बराहपोखरी जानेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माबिको क्वारेन्टिनमा राखिएका पुरुषलाई शनिबार कोरोना संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

सरस्वती माविमा राखिएका १७ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि पठाइएकामा उनको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमतिलाई हाल जिल्ला अस्पतालको आइसोलेसनमा लगेर राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । क्वारेन्टिनमा उनीसँगै एउटै कोठामा राखिएका अन्य तीन जनाको पुनः पिसिआर परिक्षणको तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।  

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किसकेका छन् । खोटाङमा ६५५ जनाको पिसिआर परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

प्रकाशित: १० श्रावण २०७७ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App