२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोको जोखिमले सिंगै दलित बस्ती विस्थापित

हुम्ला ताँजकोट गाउँपालिका–४, उतिसेनीस्थित सार्की टोलको दलित बस्ती विस्थापित भएको छ। गाउँमुनी बग्ने खोलाको कटानपछि गाउँ पहिरोको उच्च जोखिममा परेकाले उक्त बस्ती विस्थापित भएको हो।

गाउँमुनि बग्ने बोका खोलाको कटानपछि गाउँमा क्षति पुगेको छ। पहिरोले एक/दुई घर भत्किएको र अरु घरमा चिरा परेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए। तीन दिन लगातार वर्षा हुँदा खोलाले बस्तीमुनिको जग्गा कटान गरेको थियो। खोलाका कारण अहिले उक्त बस्तीमा जान सक्ने स्थितिसमेत छैन। पहिरोले गर्दा घरमा क्षति पुगेपछि २३ घरपरिवारलाई त्रिपालमुनि राखिएको गाउँपालिकाले जनाएको छ।

अहिले त्रिपालमा बस्दै आएका विस्थापित दलित समुदायलाई गाउँपालिकाले चामल र त्रिपाल सहयोग गरेको छ। समयमै मानिसको उद्दार गरिएकाले पहिरोबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। ‘सार्की गाउँको वरिपरि खोला बग्छ,’ अध्यक्ष मल्लले भने, ‘पहिरोले गाउँ तहसनहस बनाएको छ।’ पहिरोले घरमा भएको अन्नपात सबैसमेत क्षति पु¥याएको विस्थापित भएका धौला सार्कीले बताए। ‘गाउँका सबै घरमा क्षति पुगेको छ,’ उनले भने, ‘अब गाउँमा बस्न सक्ने स्थिति छैन।’ यसभन्दा पहिला यस गाउँमा यति ठूलो क्षति नभएको भन्दै उनले अब यहाँका दलित समुदायलाई सुरक्षित बासको व्यवस्था हुनुपर्ने बताए। विस्थापित भएपछि भकारेमा पालमुनि बसेको पहिरोबाट विस्थापित धनवीर सार्कीले बताए। भिरालो जमिन हुँदा खोलामा पानीको बहाव उच्च भइ कटान गर्दा गाउँमा पहिरोले क्षति पुर्या।एको उनको भनाइ छ।

सार्की गाउँ पहिरोको उच्च जोखिम रहेकाले त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी सूर्य सुवेदीले जानकारी दिए। ‘पहिरोबाट मानवीय क्षति हुन नदिन समुदायलाई अर्को ठाउँमा सारेका छौं,’ उनले भने, ‘यहाँ मानवीय क्षति भएको छैन।’ ‘गाउँ खोलाको किनारमा छ,’ उनी भन्छन्, ‘त्यसैले पनि गाउँ असुरक्षित छ।’ गाउँ पहिरोले नबगाए पनि बस्न सक्ने स्थिति नभएको उनको भनाइ छ।

 

प्रकाशित: ९ श्रावण २०७७ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App