५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

न्यायालयको शून्य अवधि उपत्यकामा सकियो

कोरोना भाइरसको जोखिमबाट बचाउन सरकारले गरेको बन्दाबन्दीको समयलाई न्यायालयले ‘शून्य अवधि’ मानेको थियो । शून्य अवधि सम्बन्धित जिल्ला आजदेखि नै सकिएको छ भने अन्तरजिल्लामा आगामी भदौ १ गतेदेखि सकिनेछ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरलेका अनुसार न्यायालयले शून्य अवधि मानेको अवस्था सम्बन्धित जिल्लामा आजदेखि नै सकिएको छ । अन्तर जिल्लामा भदौ १ गतेदेखि लागू हुनेछ ।

सरकारले लामो दूरीको यातायात पूर्णरुपमा आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने भनेको छ । सोहीअनुसार अन्तरजिल्लामा शून्य अवधि सकिएको मानिनेछ । 'उपत्यकाका हकमा बन्दाबन्दी अन्त्य भएको छ, आजदेखि शून्य अवधि सकिएको मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने निर्णय गरेको छ', प्रवक्ता पोखरेलले भने, 'अन्तरजिल्लाको हकमा भने आगामी भदौ १ गतेदेखि मात्र सो नियम लागू हुनेछ ।'  

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १९ जना न्यायाधीशको इजलासले महामारी फैलिएको अवस्थालाई सम्बोधन गर्नका लागि स्पष्ट कानूनी व्यवस्था गर्न कानूनी बाधा फुकाउनेसम्बन्धी व्यवस्था गरेको थियो ।

गत चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी यही साउन ६ गते रातिबाट सकिएको छ । सरकारले बन्दाबन्दी खुला गरेसँगै अदालतको शून्य अवधि पनि सकिएर सम्बन्धित जिल्लामा मुद्दाको सुनुवाइ प्रक्रिया सुरु भएको छ । बन्दाबन्दीको अवधिमा मुद्दाको सुनुवाइ प्रक्रिया प्रभावित भएको छ ।

प्रकाशित: ८ श्रावण २०७७ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App