१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले एक परिवार बिस्थापित

पहिरोका कारण विस्थापित भएपछि विद्यालयमा आश्रय लिइरहेका बोपुङका मणीकुमार राई । तस्बिर : नागरिक

पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् । पेटीबाटै पहिरो गएपछि राई परिवारलाई सिंहदेबी माबिको कोठामा सारिएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताए ।  

पाखोमा बनाइएको घर पहिरोको थप जोखिममा परेकाले राई परिवारलाई केही समयका लागि सुरक्षित स्थानमा सारिएको हो । राई दम्पत्ती चार छोराछोरी सहित भाँडकुँडा, अन्न, ओढ्नेओछ्याउने लगायतका सामान लिएर विद्यालयमा बसिरहेका छन् ।

प्रकाशित: ७ श्रावण २०७७ १६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App