अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा तनहुँको भानुमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–९ सिमलगैह्राका ८० वर्षीया तिलमाया धौराली र उनकी नातिनी १५ वर्षीया सीताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।
तिलमायालाई मृत अवस्थामा उद्धार गरिएको र उनकी नातिनी सीताष्माको गम्भिर अवस्थामा उद्धार गरिएपनि स्थानीय कालिका मेडिकलमा उपचारका क्रममा मृत्यु भएको डिएसपी तिमिल्सिनाले बताए ।
अविरल वर्षाका कारण घर माथिबाट एक्कासी आएको पहिरोले स्थानीय महेन्द्र धौरालीको घर पुरिँदा आमा तीलमाया र छोरी सीताष्माको मृत्यु भएको भानु–९ का वडा अध्यक्ष निलन संजिवा श्रेष्ठले जानकारी दिए । महेन्द्रको पाँच सदस्यमध्ये उनकी पत्नी र एक छोरी भने भाग्न सकेपनि दुई जना भने पुरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रकाशित: ५ श्रावण २०७७ १३:३२ सोमबार