२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दार्चुलामा पहिरोले दुईको मृत्यु, सात घर पुरिए

दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ, भने सात घर पुरिएका छन् । हरजितसिंह ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमती ठगुन्ना र मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा बेपत्ता उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए । पहिरोमा स्थानीय मानसिंह ठगुन्नासहित चार जना घाइते भएका छन् । उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेका थिए । पहिरोले गाउँकै समैजी आधारभूत विद्यालय भवनसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी  एवम् प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए ।

त्यस्तै महाकाली नगरपालिका–५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली नगरपालिका–४ मा लास्कु खोलामा आएको बाढीले क्षति पुर्याउँदा दुहु र व्यास जाने बाटो बन्द भएको छ ।

प्रकाशित: ५ श्रावण २०७७ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App