१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सलह प्रतिकिलो २५ रुपैयाँमा खरिद गर्ने नगरपालिकाको निर्णय

सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकबाट सलह किरा खरिद गर्ने निर्णय गरेको छ । साउन एक गते सुर्खेतमा प्रवेश गरेको सलहले कृषकको बालीनाली खान थालेपछि मारेर ल्याउने कृषकलाई प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय नगरपालिकाले गरेको हो । ‘कृषकले मारेर ल्याएका सलह प्रतिकिलो २५ रुपैयाँका दरले खरिद गर्ने निर्णय भएको छ,’ मेयर गगनसिं सुनारले भने, ‘आफ्नो खेतबारी र घर वरपर आउने सहल मार्न सार्वजनिक अपिल गरेका छौं ।’

मेयर सुनारले कोरोना संक्रमणका कारण नगर क्षेत्रमा भोकमरी निम्तने खतरालाई आँकलन गरेर चालू आर्थिक वर्षको बजेटमा कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेको बेला फेरि सलहको आतंक सुरु भएको बताए ।

‘सलहले कृषकको बालीनाली र खेतीपाती सखाप पार्न थालेपछि मारेर नगरपालिकामा ल्याउन अपिल गरेका हौं,’ उनले भने, ‘मारेवापत कृषकले पैसा पनि पाउने र सलहको प्रकोप पनि कम हुने अपेक्षा हामीले लिएका छौं ।’ सलह नियन्त्रणका लागि तत्काल कुनै औषधि तथा प्रविधि नभएकाले ढ्याङ्ग्रो ठटाएर, बाजा बजाएर र धुँवा बालेर सलह भगाउन पनि नगरपालिकाले अपिल गरेको छ ।

प्रकाशित: ४ श्रावण २०७७ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App