९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनमा बढ्यो बलात्कारका घटना

सरकारले लागु गरेको लकडाउनको अवधिमा दाङमा बलात्कार तथा बलात्कार प्रयासका २९ घटना भएका छन्। यी घटनामा ३७ महिला पीडित बनेका छन्। मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था ईन्सेकले तयार पारेको तथ्यांक अनुसार २९ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनामा ३७ महिला पीडित भएको उल्लेख गरिएको छ। यी घटनाा पीडकहरुको संख्या ४४ रहेको ईन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले जानकारी दिएका छन्।

 तीन महिनाको अवधिमा भएका यी घटना संख्या धेरै रहेको पनि उनले बताए। ‘जिल्लामा बलात्कारका घटनाको दर बढ्दै गईरहेको छ,’ ईन्सेक जिल्ला प्रतिनिधि सागरले भने ‘लकडाउनको तीन महिनाको अवधिमा भएका यी घटनाहरुको तथ्यांक धेरै  हो।’ उनका अनुसार बलात्कृत हुनेहरु अधिकांश आफ्ना आफन्त तथा नातेदारबाटै पीडित पीडित भएका छन्।  

यसैगरि लकडाउनको तीन महिनाको अवधिमा ८ महिना घरेलु हिंसामा परेका छन्। यसैगरि ईन्सेकका अनुसार लडाउनको अवधिमा १३ जना गिरफ्तारीमा परेका छन्। गैरकानुनी गिरफ्तारीका ६ घटनामा १ महिला र १२ पुरुष पीडित भएको ईन्सेक प्रतिनिधि सागरले जानकारी दिए। हत्या प्रयासका दुई घटना भएको दाङमा आत्महत्या दुरुत्साहनका २ घटना भएका छन्। लकडाउनमा जिल्लामा भएका घटनाहरु सार्वजनिक गरेको ईन्सेकले तीन महिनाको अवधिमा ६४ वटा घटना भएको उल्लेख गरेको छ। यी घटनामा ८० जना पीडित भएको ईन्सेक प्रतिनिधि सागरले जानकारी दिए। यसैगरि यी घटनामा संलग्न पीडिकहरुको संख्या ८२ रहेको पनि उनले जानकारी दिए।  

यसै बीच पछिल्लो ६ महिनाको अवधिमा जिल्लामा १ सय २४ घटना भएको ईन्सेकले जनाएको छ। यी घटनामा १ सय ४८ जना पीडित भएका छन्।  

प्रकाशित: ३ श्रावण २०७७ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App