१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना महामारीको समय यसरी चल्दैछन् सार्वजनिक सवारी

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले काठमाडौँ उपत्यकामा आफ्नो सवारीसाधन सञ्चालन गरेको छ। सुन्दर यातायातले यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै मंगलबारदेखि आफ्नो सेवा सञ्चालनमा ल्याएको हो।  

नेपाल सरकारले थप ५० प्रतिशत भाडा लिएर सार्वजनिक सवारी सधान सञ्चालन गर्न अनुमति दिएको थियो। तर प्रालिले  पुरानै भाडा दरमा बस सञ्चालन गरि यात्रुलाई सेवा प्रदान गरेको छ।  

बसमा स्यानिटाइजर, मास्क र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने व्यवस्था मिलाईएको छ। चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरिएको छ।  

बसमा नेपाल सरकारले तोके अनुसार सुरक्षित स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालन गरेको चालक सुकेश लामा बताउँछन्।  

‘अहिले हाम्रो पुरानै रूटमा २ वटा बस सञ्चालनमा भएको छ। भक्तपुर सूर्यविनायक–जमल–रत्नपार्क रूटमा परिक्रमा गर्छ’,  चालक लामाले भने।  नेपाल सरकारले तोके अनुरुप स्वास्थ्य सुरक्षाका लागि कम्पनीले चालक–सहचालक र यात्रुका लागि व्यवस्थासहित सेवा दिएको उनले बताए।  

करिब ४ महिना पछि गाडि चलाउँदा खुशी भएको अनुभव सुनाउँदै लामा भन्छन्, ‘२० मिनेटमा पुग्ने ठाउँमा एक घण्टा हिडेर यात्रुहरु गन्तब्य पुग्न बाध्य थिए। आज धेरै जना सहजै आफ्नो गन्तब्यमा पुग्न पाउनु भयो। धेरैजनाको धन्यवादको पात्र भैइएको छ। पैसा मात्रै नभएर सेवाको भावले पनि काम गरिहेका छौं।’

चालक लामाका अनुसार दुई सिटमा एकजना मात्रै यात्रु राख्ने व्यवस्था गरिएको छ। अहिलेको अवस्थालाई ख्याल गरेर चढ्ने र झर्ने बेला यात्रुलाई सुझाएर मात्रै चढ्न अनुरोध गरिन्छ।  

यात्रुहरु पनि पहिले भन्दा अहिले नियममा बाधिएका छन्। भिडभाड गरेको पाइएको छैन। सबै जना सजग भएररै चढेको पाइयो’, लामाले भने।  

गाडि चढ्नु अघि सहचालकले तापकक्रम नापेर मात्रै यात्रु चढाउँछन्। मास्क नभएको अवस्थामा मास्क पनि निःशुल्क दिईने व्यवस्था गरिएको छ।  

एक महिनादेखि कौशलटारबाट नयाँ बानेश्वरसम्म हिँडेर नै आउनु पर्थ्यो, सिता देवी थापालाई।  तर आज सार्वजनिक बस चढेर घर फर्कन पाउँद उनी आनन्द महशुस भएको बताउँछिन्।  

‘आफ्नौ सुरक्षा आफैले गर्ने हो। मेरो सुरक्षा म आफैले गरेकी छु। गाडिमा पनि सबै कुरा व्यवस्था गरिएको रहेछ।  खुशी लाग्यो।  यो हामी सबैले पालन गर्यो भने हामी सबैले सेवा लिन सकिन्छ।’

त्यस्तै अर्का यात्रु हरि बहादुर कार्की वीर अस्पतालबाट भक्तपुर घर फर्कनु थियो।  घर कसरी फर्कने उनलाई चिन्ता थियो। सुन्दरयाताले बस सञ्चालन गरेपछि गाडि चढेर घर जान पाउँदा उनी दंग पर्छन्।  

‘हस्पिटल आईराख्नु पर्छ। सबैले सुरक्षा विधि अपानाएर सञ्चाल गर्दा सेवा लिन सकिन्छ। लकडाउनले हामी जस्तो हस्पिटल गईराख्नु पर्नेलाई गाह्रो हुँदो रहेछ’, उनले भने।  

भक्तपुर सूर्यविनायकै सुदिप थापामगर सार्वजनिक सवारी चढेर माइतीघर मण्डलासम्म आउन पाउँदा निकै खुशी देखिन्थे। ‘कहिले ट्याक्सी, कहिले अरुको बाइकमा हारगुहार मागेर अफिस आउनु पर्थ्यो। तर आज गाडि चढेर आउनु पाइयो’, उनी भन्छन्,‘सबै जना सचेत भएर चढ्यो भने सबैको लागि फाइदा हुन्छ।  बसमा पनि स्वास्थ सुरक्षाका लागि सबै कुरा व्यवस्था गरिएको रहेछ।  यो सार्वजनिक यातायात प्रयोग कर्ताका लागि राम्रो हो।’  

गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो।  

उपत्यकामा आइतबारसम्म ट्याक्सी बाहेक अरू सवारीसाधन सञ्चालन भएको थिएन। सोमबार मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले बस सेवा सञ्चालन थालिसकेका छन्।

प्रकाशित: ३१ असार २०७७ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App