४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मैले प्रेमी रोजेको भन्ने खबर सत्य होइन : पूर्वराजकुमारी पूर्णिका (भिडियो)

फाइल तस्बिर : पूर्वराजकुमारी पूर्णिका शाह

पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले केही सञ्चारमाध्यमले प्रकाशन गरेको कुरा सत्य नभएको भन्दै आफ्नो कुनै प्रेमी नभएको स्पष्टीकरण दिएकी छन् ।  

पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो प्रेमबारे छापिएका कुरामा कुनै सत्यता नभएको भन्दै नपत्याउन अनुरोध गरेकी हुन् ।  

गत बिहीबार जनआस्था साप्ताहिकले पूर्णिकाले प्रेमी रोजिसकेको खबर छापेको छ भने त्यो समाचार विभिन्न अनलाइनले पनि साभार गरेका छन् । साथै सामाजिक सञ्जालमा समेत त्यसबारे व्यापक चर्चा भइरहेको छ ।  

यसै विषयमा पूर्णिमाले टिकटकमा लजाउँदै भनेकी छन्, ‘मेरो बारेमा छापिएको कुरामा केही सत्यता छैन । सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’  

पूर्णिका शाहको भिडियो सन्देश सुन्न यो लिंक क्लिक गर्नुहोला : 

https://www.tiktok.com/@purnikarlds/video/6848156453216308481? 

पूर्वराजकुमारी पूर्णिका थाइल्यान्डमा अध्ययरत छिन् ।  

प्रकाशित: २९ असार २०७७ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App