९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सप्तकोशीमा खतरा टर्दै

सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेपछि खतरा टर्दै गएको छ । शनिबार बिहान ५ बजे यस वर्षकै उच्च पानीको बहाव पुगेकोमा अपरान्हदेखि भने घट्न थालेको छ । शनिबार विहान ५ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ७५ हजार ५५० प्रतिसेकेन्ड क्युसेक पुगेकोमा अपरान्ह ४ बजे दुई लाख ३७ हजार ७९० मा झरेको छ । बिहीबार रातिदेखि बढेको पानीको बहाव निरन्तर बढ्न थालेको हो । 

शनिबार अपरान्हदेखि पानीको बहाव घटन थालेसँगै खतराको टर्दै गएको छ । यो वर्ष खतराको तहसम्म पानीको बहाव पुग्दा कोशीको पूर्वी तटबन्ध क्षेत्रका बासीन्दा त्राहीमाम भएपनि घट्न थालेपनि केही राहत महसुस गर्न थालेको कोशी गाउँपालिका क्षेत्रबाट पत्रकारिता गर्दै आएका मिकायल आलमले बताए । 

पानीको बहाव घटबढ भएसँगै अहिले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाममध्ये ३७ वटा खुल्ला गरिएको छ । सुनसरीका निम्ति प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले कोशीमा खतराको तहसम्म पानीको बहाव बढेपनि अब बिस्तारै घटन थालेकाले आतिनुपर्ने अवस्था नभएको बताए । 

पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको बहाव बढ्ने गर्छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ । यस्तो खतराको संकेत गर्दा एक लाख ५० हजार पानीको बहाव कट्नेवित्तिकै ‘अटोमेटिक’ पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । दुई लाख काट्नेवितिकै पूर्वतर्फको अर्को रातो बत्ती बालिने गरिन्छ । पानीको बहाव तीन लाख काट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ । यी तीनवटै बत्ती पानीको बहाव बढे अनुसार ‘अटोमेटिक’ नै बाल्ने नियम छ । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानव वस्तीमा पसेको थियो । त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए ।

कोशी ब्यारेजका घर डुबानमा

निरन्तर परेको पानीले गर्दा सुनसरी कोशी गाउँपालिका वडा नं. ८ को एक घर डुबेर क्षति पुग्नुका साथै अरु घर डुबानमा पर्न थालेपछि स्थानीयलाई स्कुलको आश्रयस्थलमा राख्न थालिएको छ । 

पानीले स्थानीय छेदी मण्डलको घर डुबेर अरु घर डुबानमा पर्न थालेपछि २५ जनालाई नजिकै रहेको स्कुल कोशी आधारभूत विद्यालयमा राखिएको सुनसरीका निम्ति प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले जनाए । बस्तीमा पानी पसेपछि जैमुल खातुन, कनिजा खातुन, बलराम मण्डलसहितको परिवारलाई स्कुलको आश्रयस्थलमा राखिएको छ । 

एक पुरुष डुबेर बेपत्ता

निरन्तर रुपमा परेको पानीले गर्दा सुनसरीको धरान वडा नं. १३ मा सर्दु खोलामा डुबेर एक जना पुरुष बेपत्ता भएका छन् । खोलामा डुबेर वडा नं. १३ को राई टोलमा बस्दै आएका ५५ वर्षे रामबहादुर बस्नेत बेपत्ता भएका हुन् । 

उनलाई शनिबार दिउँसो ३ बजे खोलाले बगाएकाो हो । उनको खोतजलास गर्न प्रहरी परिचालन गरिएको छ । यसैगरी, धरान वडा नं. ५ को एउटा घरमा कटान गरेको छ ।

प्रकाशित: २७ असार २०७७ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App