८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ। स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। कुलुङ क्षेत्रमा मान्छे आवतजावत गर्ने बाटो समेत छैन। यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ।  

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार पानी पर्ने क्रम नरोकिएकाले सडक खुलाउने काम हुन सकेको छैन। पानी पर्न रोकिएपछि मात्र सडक खुलाउन सकिने उनको भनाइ छ। ‘अहिले उक्त क्षेत्रमा पहिरो झरिरहेको छ’, उनले भने, ‘हामीले सडक खुलाउनका लागि समन्वय गरिरहेका छौं।’

पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्ड भने अवरुद्ध भएको छैन। सडक हिलो भएका कारण सवारी सञ्चालन गर्न भने कठिन हुनेछ।

प्रकाशित: २६ असार २०७७ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App