१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना परीक्षणको शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

सरकारले कोरोना परीक्षणको नाममा शुल्क लिए कारबाहीको चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहिको चेतावनी दिए।  

केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खबर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो।

 

प्रकाशित: २४ असार २०७७ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App