१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा २६ हजार पीसिआर परीक्षण

प्रदेश १ मा  करिब  २६ हजार  पिसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार हालसम्म प्रदेशमा २५ हजार ९ सय ६१ वटा स्वावको पिसिआर विधिबाट स्वाव परीक्षण गरिएको हो ।  

मन्त्रालयका प्रबक्ता सुरेश मेहेताका अनुसार प्रदेश १ मा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट पिसिआर परिक्षण भइरहेको छ ।  प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ३, कोशी अस्पतालमा १ र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ वटा गरी ६ वटा पिसिआर टेष्टिङ मेशिन छन् । यस्तै प्रदेशका ल्यावहरूको  दैनिक परीक्षण क्षमता ६ सय रहेको छ । जसमा विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको ल्यावको क्षमता दैनिक ३ सय, कोसी अस्पतालको १ सय ५० र प्रदेश जनस्वाथ्य प्रयोगशाला विराटनगरको क्षमता १ सय ५० छ । 

प्रदेश १ मा दैनिक सरदर  १ हजार  स्वाव संकलन हुने गरेको छ । संकलन भएका स्वावहरू पुल टेष्टिङ विधिबाट दैनिक सरदर १ हजारकै संख्यामा परिक्षण गरिंदै आएको मन्त्रालयले जनाएको छ । प्रदेशका ल्यावको क्षमता अनुसारको संख्यामा मात्रै स्थानिय तहहरूलाई स्वाव संकलन गरेर पठाउन आग्रह गरिएका कारण प्रदेशका ल्यावमा स्वाव थुप्रिने र कुहिने अवस्था नरहेको प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगरका प्रमुख डा जयवेन्द्र यादवले जानकारी दिए । उनले भने‘ परिक्षण गर्न सकिने मात्रामा मात्रै स्वाव संकलन गरिने भएकाले प्रयोगशालामा स्वाव थुप्रने र कुहिने अवस्था छैन ।’  

प्रदेश १ मा हालसम्म २६ हजार ७ सय १५ वटा स्वाव  पिसिआर परिक्षण का लागि पठाइएकोमा स्वाव परिक्षण गरिएका मध्ये ६ सय ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । यस्तै २५ हजार २ सय ९७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । यस्तै ७ सय ५४ को रिपोर्ट आउन बाँकी रहेको छ ।  प्रदेश १ मा दैनिक संक्रमितको संख्या थपिइरहेकाले प्रदेश ल्यावको क्षमता वढाउने तयारी पनि थालिएको मन्त्रालयले जनाएको  छ । यस्तै प्रदेशमा हाल चार स्थानमा आइसोलेसन वेडसहितको अस्पताल सञ्चालनमा रहेको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय कोसी अस्पताल कोभिड उपचार केन्द्रमा १ सय, कोभिड आइसोलेसन अस्पताल गोठगाउँ मोरङमा १ सय ३३ र कोभिड आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरमा २० वेड क्षमताको अस्पताल सञ्चालनमा रहेको छ । प्रदेश सरकारले आइसोलेसन वेडसहितको अस्पताल थप गर्ने र केहि अस्पतालको क्षमता बढाउने तयारी पनि गरेको छ । कोसी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरको आइसोलेसन वेड संख्या बढाएर ३ सय पुर्याउने,मेची अस्पतालमा २ सय र धाइजन हेल्थपोष्ट मेची नगरपालिकामा २५ वेडको उपचार केन्द्र सञ्चालनको तयारी पनि प्रदेश सरकारले गरेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित: २० असार २०७७ १५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App