१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

शहीद दशरथचन्दको जन्मजयन्तीमा स्वास्थ्य समाग्री वितरण

शहीद दशरथचन्दको जन्मजन्तीमा स्वास्थ्य समाग्री हस्तारण गर्दै शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष चतुबहादुर चन्द । तस्बिरः बिरा/नागरिक

शहीद दशरथचन्दको ११८ औं जन्मजयन्तीको अवसरमा दशरथचन्द नगरपालिकाका सबै वडामा स्वास्थ्य समाग्री वितरण गरिएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा ११ वटै वडामा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य समाग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । कोरोना भाइरसबाट सुरक्षित रहन वडाहरुलाई स्वास्थ्य समाग्री वितरण गरिएको बताइएको छ ।

कोरोना भाइरसको समयमा वडाको जनसंख्याको आधारमा स्वास्थ्य समाग्री वितरण गरिएको हो । जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुलाई समेत के९५ मास्क वितरण गरिएको थियो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोगमा निर्मित शहीद गेटको पनि उद्घाटन गरिएको छ । शहीद दशरथचन्दकोे जन्मघर जाने बाटोमा निर्माण गरिएको शहीद गेटको नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले उद्घाटन गरेका हुन् ।

जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेयर थापाले प्रजातन्त्रको लागि शहादत प्राप्त जेष्ठ शहीद दशरथचन्दको देनकै कारण देशमा राणा शासनको अन्त भएको भन्दै उनले सिकाएको बाटोमा सबैले हिड्न आवश्यक भएको बताए ।

प्रकाशित: १७ असार २०७७ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App