१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पाँंचतल्ले मन्दिर जिर्णाेद्धारमा जनश्रमदान गर्नेहरुको लहर

एकैदिन दुई सय बढीले गरे जनश्रमदान

भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढीले जनश्रमदान गरेका छन् । शनिबार दुई सय भन्दा बढी जनश्रमदानमा जुटेका थिए । मन्दिर जिर्णाेद्धार व्यवस्थापन समितिले दैनिक जनश्रमदान गर्न आउन चाहन समूहहरुको तालिका नै बनाएर जनश्रमदान गर्न लगाएको छ । 

जनश्रमदान गर्न आउने समूहहरुले जनश्रमदानका लागि पहिला नै त्यहाँं नाम लेखाउनुपर्छ । त्यस अनुसार व्यवस्थापन समितिले दिन दिएपछि त्यही दिनमा मात्रै समूहले जनश्रमदान गर्न आउँंछन् । त्यस अनुसार शनिबार दुई समूहको जनश्रमदानमा आउने पालो थियो । ती दुई समूहबाहेक नाम नलेखाइकन स्वइच्छाले जनश्रमदानका लागि आएकाहरु अत्याधिक आएकाले शनिबार सबैभन्दा बढी जनश्रमदान भएको हो ।  

पाँंचतल्ले मन्दिर जिर्णाेद्धार कार्य सम्पन्न हुन लागेकोले आफूहरुले जनश्रमदान गर्न नपाउँंलान् भनी जनश्रमदान गर्न आएको सहभागीहरुले बताएका छन् । संसारमै परिचित मन्दिरको जिर्णाेद्धारमा आफनो पनि योगदान स्मरणीय र गर्विलो हुने भएकाले जनश्रमदान गर्न पुगेको उनीहरुले बताएका छन् । जनश्रमदानमा जुटेकाहरुमध्ये अधिकांश महिला देखिएका थिए ।  

मन्दिरको जिर्णाेद्धारको कार्य अहिले अन्तिम चरणमा पुगेको छ । मन्दिरको जिर्णाेद्धार यस आर्थिक वर्ष अर्था्त असारभित्र सकाउने योजना छ । त्यसअनुसार शनिबारदेखि पहिलो तल्लाको छाना छाउने काम सुरु भएको थियो । यसमाथिको चारवटै तल्लाको मर्मत सम्भार सकाइसकेको छ । अब करिव हप्ताभित्र पहिलो तल्लाको छाना छाउन सकेर जिर्णाेद्धार कार्य सकाउने योजना राखिएको छ । जिर्णाेद्धारको क्रममा सबैभन्दा माथिल्ला तल्ला पूरै बनाइएको हो भने त्यसपछिको तल्लामा नयाँं छाना अर्थात् नयाँं झिंगटी मात्रै छाइएको हो ।  

स्थानीय व्यवस्थापन समितिका अध्यक्ष केशव तमखूले शनिबार अहिलेसम्मकै सवैभन्दा वढी जना जनश्रमदानमा जुटेको जानकारी गराए । मन्दिरको जिर्णाेद्धार कार्य सम्पन्न हुन लागेसँंगै पछिल्ला दिनहरुमा जनश्रमदान गर्न जुटन आउनेहरुको संख्या क्रमशः बढ्दै गइरहेको जानकारी उनले गराए ।  

जनश्रमदानका साथै आर्थिक सहयोग गर्नेहरु पनि उतिकै रहेका छन् । तमखूले अहिलेसम्म झण्डै एक सय २० जना दाताहरुबाट करिव १० लाख रुपैयाँं बराबरको आर्थिक सहयोगको प्रतिवद्धता प्राप्त भएको जनाए । त्यसमध्ये धेरैजनाले सहयोग दिइसकेकोे र केहीबाट दिन बाँंकी भएको उनले सुनाए ।

मन्दिरको जिर्णाेद्धार कार्य मंसिर २५ गतेदेखि सुरु गरिएको थियो । त्यस क्रममा चैत ११ को लकडाउनसँंगै जिर्णाेद्धार कार्य रोकिएको थियो । त्यसपछि वैशाख ५ देखि लकडाउनकाबीच पनि जिर्णाेद्धार कार्य सुरु गरिएको थियो । मन्दिरको जिर्णाेद्धार कार्यमा अहिलेसम्म करिव एक हजार तीन सय भन्दा बढीले जनश्रमदानमा जुटेको बताइएको छ ।  

भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजारको लागत इष्टमेटमा जिर्णाेद्धार कार्य सुरु गरिएको थियो । जनश्रमदान र आर्थिक सहयोग संकलन भएकाले लागत इष्टमेट भन्दा निकै कममा मन्दिरको जिर्णाेद्धार कार्य सकिने अनुमान गरिएको छ । यही महिनाबाट तीन सय २० औं वर्षमा प्रवेश गरेको यो मन्दिर नेपालकै सबैभन्दा अग्लो मन्दिर हो । मन्दिरको उचाई जमिनबाट एक सय आठ फिट अग्लो रहेको बताइएको छ ।

प्रकाशित: १३ असार २०७७ १४:३० शनिबार

पाँंचतल्ले मन्दिर जिर्णाेद्धारमा जनश्रमदान