२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

राति देशका धेरै स्थानमा वर्षा र बाढीको सम्भावना

आज (शुक्रबार) राति पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

साथै प्रदेश १, २, ५, बागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार अहिले (साँझ) पनि देशभरका थोरै स्थानमा पानी परिरहेकै छ।  

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

केही दिनयता देशभर मनसुनी वायुको प्रभावका साथै मनसुनकाे न्यून चापीय रेखा नेपालनजिक रहेकाले भारी वर्षा जारी रहेकाे माैसमविद्ले बताएका छन्। 

प्रकाशित: १२ असार २०७७ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App