७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विप्लवको सुनसरी जिल्ला इञ्चार्ज पेस्तोलसहित पक्राउ

नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई प्रहरीले धरानबाट हतियारसहित पक्राउ गरेको छ । धनकुटाको शहिदभुमी गाउँपालिका ६ घर भएका २७ बर्षीय रोशन राईलाई बुधबार राती धरान १५ बाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्याल धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राई नेकपा विप्लव समुहको जिल्ला इञ्चार्जको जिम्मेवारीमा भएको पनि डिएसपी बस्नेतले बताए ।

बुधबार पक्राउ परेका राईलाई आज(बिहिबार) बिहान सोधपुछ गर्ने क्रममा उनको मोटरसाइकलको सिट मुनी प्लाष्टिक भित्र लुकाएको अवस्थामा हतियार र गोलीसमेत वरामद भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको सिट मुनि मेडि इन युएसए अटोमेटिक पेस्तोल लेखिएको एक थान वरामद भएको छ भने एक थान म्याग्जीन र त्यसमा लोड भएको ३ राउण्ड गोली पनि वरामद भएको छ । साथै, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित: ११ असार २०७७ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App