१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महोत्तरी पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास पुगेएका छन्।

विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ।

विप्लवको सुनसरी जिल्ला इञ्चार्ज पेस्तोलसहित पक्राउ

नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई प्रहरीले धरानबाट हतियारसहित पक्राउ गरेको छ । धनकुटाको शहिदभुमी गाउँपालिका ६ घर भएका २७ बर्षीय रोशन राईलाई बुधबार राती धरान १५ बाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्याल धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राई नेकपा विप्लव समुहको जिल्ला इञ्चार्जको जिम्मेवारीमा भएको पनि डिएसपी बस्नेतले बताए ।

चन्द समूहका इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।

विप्लव समूहको उपत्यका व्युरो इञ्चार्ज विक पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको उपत्यका व्युरो इञ्चार्ज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले व्युरो इञ्चार्ज नवीन विकलाई पक्राउ गरेको हो ।

विप्लवका नगर इञ्चार्ज पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका नगर इञ्चार्जलाई पक्राउ गरेको छ। भित्रि मधेस जोगबुढाबाट बुधबार प्रहरीले विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इञ्चार्ज पक्राउ गरेको हो।

कार्यकर्ता हत्यापछि विप्लव समूहको विज्ञप्तिः ‘हत्याको बदला जनक्रान्तिबाट लिन्छौं’

नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ।

विप्लवका इञ्चार्जसहित चार जना पुर्पक्षका लागि जेल चलान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका जिल्ला इञ्चार्जसहित चार जना जेल चलान भएका छन्।

विष्फोटक पदार्थसहित विप्लवका इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन्। विकलाई बुढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो।

विप्लव समूहका मकवानपुर इञ्चार्ज ज्वाला पक्राउ

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर जिल्ला इञ्चार्जसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेकपा माओवादीका सिरहा इञ्चार्ज पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्