८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दैलेखका ३ सय ४५ जना कोरोना संक्रमित डिस्चार्ज

पशु अस्पताल दैलेखमा पिसिआर मेशिन जडान गरिएको भवन।

दैलेखमा बुधवारसम्म ३ सय ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। १४ दिन क्वारेन्टाइनमा  बसेर संक्रमितहरुमा विरामीको कुनै लक्षण नदेखिएपछि घरमै सुरक्षित बस्ने गरी डिस्चार्ज गरिएको हो।  

  डिस्चार्ज गरिएकाहरुमध्ये ३८ जनाको पुनःरिपोर्ट नेगेटिभ आएको बाँकी संक्रमितहरुमा विरामीको कुनै लक्षण नदेखिएपछि घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोर्कल पर्सन थिरप्रसाद रेग्मीले बताए।

‘घरमा सुरक्षित बस्ने गरी कुनै पनि विरामीको लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई पठाइएको छ।’ फोर्कल पर्सन रेग्मीले भने, उनीहरुलाई घरमा कसरी बस्ने सवै सिकाएर पठाइएको छ। कुनै पनि लक्षण देखिए तत्काल उपचारको तयारी अवस्थामा छौं।’ डिस्चार्ज हुने कोरोना संक्रमितहरुमा सवैभन्दा बढी नारायण नगरपालिकाका १ सय ८८ जना, दुल्लुनगर पालिकामा ३४ जना, महावु गाउँपालिकामा १ सय ७ जना, नौमुले गाउँपालिकामा ७ जना, भगवतीमाई गाउँपालिकामा ४ जना, डुंगेश्वर गाउँपालिकामा ३ जना, गुरासँ गाउँपालिकामा २ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर सुरक्षित बस्ने गरी गएका हुन्। दैलेखमा ५१ महिला र ६ सय ८१ पूरुष सहित ७ सय ३६ जना कोरोना संक्रमित पुष्टि भएको छ। कोरोना संक्रमित हुने यो संख्या नेपालकै बढी हो। त्यस्तै बुधवार दैलेखको पशु अस्पतालमा पिसिआर मेशिनबाट कोरोना परीक्षणको उद्घाटन गरिएको छ। संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पिसिआर मेशिनको उद्घाटन गरेका हुन्।

दैनिक ३ सय जनाको कोरोना परिक्षण गर्ने क्षमता रहेको मेशिनको परीक्षण पनि सुरु भएको हो। यसअघि नेपालगंज, सुर्खेत, जुम्लामा परिक्षणका लागि स्वाव संकलन गरेर पठाउनुपथ्यो। मेशिन जिल्लामा आएपनि छिटो छरिदो परीक्षण हुने  र परीक्षणको दायरा बढ्ने भएकाले स्थानीयहरु खुसी भएका छन्।

प्रकाशित: ११ असार २०७७ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App