१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना संक्रमित स्याङजाका थप एक पुरुषको मृत्यु

कोरोना संक्रमित स्याङजाका अर्का एक पुरुषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङजा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।  

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार तीन दिनअघि ती पुरुषलाई उपचारका लागि अस्पतालको आईसियुमा राखिएको थियो। निमोनिया र डायबिटिजले  समेत ग्रसित भएका उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। तर उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालको भनाई छ। कोरोनाबाट गण्डकीमा हालसम्म दुईजनाले ज्यान गुमाएका छन्। ती दुवैजना स्याङजाका रहेका छन्।  

 

प्रकाशित: ११ असार २०७७ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App