१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड

तोडफोड गरिएको निर्माणाधिन मदन आश्रित पार्क । तस्बिरः नागरिक

पञ्चपुरी नगरपालिका–५, बावियाचौरमा निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड भएको छ । मंगलबार राति अज्ञात समूहले उक्त पार्कमा तोडफोड गरेको हो । अज्ञात समूहले निर्माणाधिन पार्कको १० मिटरजति पर्खाल भत्काएको छ । 

साथै पार्क निर्माणका लागि ल्याइएका करिब दुई हजार इट्टा फुटाइएको अवस्थामा रहेको वडाध्यक्ष होमबहादुर रामजालीले जानकारी दिए । विकास विरोधी मानसिकता भएका व्यक्तिले निर्माणाधिन पार्कमा क्षति पुर्‍याएको उनको भनाइ छ । पार्क निर्माणमा अवरोध गर्नेलाई पत्ता लगाइ कडा कारबाही गर्नुपर्ने उक्त पार्क निर्माण उपभोक्ता समितिका सचिव प्रेमराज ढुंगानाले जनाए ।

सरकारले गत वर्ष सार्वजनिक गरेको सय पर्यटकीय क्षेत्रमध्ये उक्त क्षेत्र पनि एक हो । पर्यटकीय विकासका लागि भन्दै संघ सरकारले १८ लाख रूपैयाँ दिएको उपभोक्ता समितिका सचिव ढुंगानाले जनाए । जेठ २८ गतेदेखि पार्क निर्माणको काम थालनी गरिएको थियो । अहिले करिब ५० प्रतिशतजति काम भएको मदन आश्रिम पार्क निर्माण उपभोक्ता समितिले जनाएको छ । मंगलबार मात्र निर्माणाधिन मदन आश्रिम पार्कको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अनुगमन गरेका थिए ।

प्रकाशित: १० असार २०७७ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App