१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलबार ५३८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ७६ जना कोरोना मुक्त भएका छन्।

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दैलेख, दुल्लुका ४५ वर्षिय पुरुषको असार ८ गते बेलुका प्रदेशिक अस्पताल सुर्खेतको आसोलेसनमा मृत्यु भएको हो।  उनी क्षरोगका समेत विरामी थिए। उनलाई दैलेखबाट असार ३ गते उपचारको लागि सुर्खेत ल्याइएको थियो। यो सँगै मृत्यु हुनेको संख्या २४ पुगेको छ।

प्रकाशित: ९ असार २०७७ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App