१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवामा बाढीको वितण्डा

आइतबार बिहान लेन्दी खोलामा आएको बाढीले तीनवटा सवारीसाधन बगाएको छ। रसुवागढी नाकानजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिपर, जेसिबी र लोडर बगाएको हो। आइतबार बिहान ३ बजेतिर आएको बाढीले कामदार बस्ने घरको पछाडिको भागसमेत क्षति गरेपछि तत्कालै कामदारलाई सुरक्षित स्थानमा सारिएको थियो।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर २१, राजस्व भन्सार गस्ती सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाको नेतृत्वमा खटिएको ४५ सदस्यीय टोलीले ११ जना कामदारलाई तत्कालै सुरक्षित स्थानमा सारिएको थियो। साथै त्यहाँ रहेका अन्य ६ वटा सवारी साधनलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। बन्दरगाह निर्माणस्थलमा रहेका ३ वटा लोडर, २ वटा जेसिबी र एउटा मिक्चर सुरक्षित स्थानमा सारिएको हो।

प्रकाशित: ८ असार २०७७ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App