१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

देशभर मनसुन सुरु, सचेत रहन आग्रह

देशभरि पछिल्लो ६ दिनदेखि मनसुन सक्रिय भएको छ। अझै केही दिन वर्षाको सम्भावना रहेको जनाउँदै मौमस पूर्वानुमान महाशाखाले सतर्क रहन आह्वान गरेको छ। महाशाखाका अनुसार यस वर्ष जुन १२ देखि वर्षायाम सुरु भएको छ।  

महाशाखाले आगामी २४ घन्टा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा भई ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ। 

साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार शनिबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। यसैगरी प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ५ असार २०७७ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App