२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ढोल्यामोडमा प्रहरी पोष्ट स्थापना

प्रहरी पोष्ट स्थापना कार्यक्रममा सहभागीहरू । तस्बिरः नागरिक

बैतडीको खोडपे–बझाङ सडकखण्डमा पर्ने पुर्चौडी नगरपालिका–६ ढोल्यामोडमा प्रहरी पोष्ट स्थापना भएको छ । पुर्चौडी नगरपालिका, सुर्नया र सिगास गाउँपालिकाको सीमामा पर्ने स्थानमा प्रहरी पोष्ट स्थापना गरिएको हो । शान्ति सुरक्षा, चोरी तस्करी र अपराधिक क्रियाकलाप रोक्न सहज होस भन्दै प्रहरी पोष्ट राखिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।

आइतबार प्रहरी पोष्टको एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुवर डिएसपी अधिकारी, सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र उपाध्यक्ष द्रोपती चन्द, लीला बिष्ट, वडाध्यक्ष, जनप्रतिनिधि लगायतका सर्वसाधारणको सहभागिता रहेको थियो ।

बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बजार क्षेत्र भएकाले अन्य अपराधिक क्रियाकलाप पनि न्यूनीकरण हुने विश्वास गरिएको छ । कार्यक्रममा बोल्दै पुर्चौडी नगरपालिकाका प्रमुख कुवरले प्रहरीको उपस्थितिले शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने बताउए ।

प्रजिअ जोशीले अपराधिक क्रियाकलाप, वन्यजन्तु चोरीसिकारी नियन्त्रण गर्नका साथै शान्ति सुरक्षाका लागि प्रहरी पोष्ट स्थापनाले सहज हुने जानकारी दिए । हाललाई घर भाडामा लिएर बस्ने प्रहरी पोष्टको वार्षीक भाडा तीनवटा स्थानीय तहले चारचार महिनाको तिर्ने जनाइएको छ । हाललाई प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको टोली बस्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: १ असार २०७७ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App