३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदर्शनकारीले बुटवलको सडकबाटै मागे सरकारसंग १० अर्बको हिसाव

शुक्रबार बुटवल भैरहवामा बिहानैदेखि उखरमाउलो गर्मी थियो । टन्टलापुरे घाम चर्केकै थियो । तैपनि दश बज्दा नबज्दै बुटवल भैरहवाको मुख्य सडकमा मुखमा मास्क लगाएका युवायुवतीको भिड बाक्लीदै गयो । सडकमा आउने अधिकाँसको हातमा प्लेकार्ड थियो । 

केही छिनमै बुटवल बसर्पाकदेखि ट्राफिक चोकसम्मको मुख्य सडक भरीयो । सुरुमा प्रदर्शनकारीले भौतिक दुरी कायम गरेका थिए । तर भिड बढ्दै गएपछि त्यो पनि सम्भव देखिएन । सरकारले बिहीबार सडकमा प्रदर्शन गर्न नदिन जिल्ला प्रशासनहरुलाई दिएको निर्देशनलाई चुनाती दिँदै बुटवल भैरहवामा सयौंले सरकारविरुद्ध प्रदर्शन गरे ।  

कोरोना रोकथामका लागि उचित पहल नगरेको भन्दै सडकमा निस्कीएकाहरुले सरकारविरुद्ध नारा समेत लगाए । जनता कोरोनाले मरीरहदा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरुले सरकारसंग १० अर्बको हिसाव पनि सडकबाटै मागे । गरीब बिपन्नको भान्सामा नुन तेल, बेसार सकिएको, संक्रमितले उचित उपचार नपाएर क्वारेन्टिनमै मर्नु परेको र क्वारेन्टिनमा बसेकाहरुको पिसिआर टेष्ट नगरीएको भन्दै सरकारविरुद्ध नाराबाजी गरे ।

‘न जनतालाई उचित राहत दिइएको छ । न कोरोना संक्रमितको राम्रो उपचार छ । न पसिआर टेष्ट । तैपनि सरकार भन्छ १० अर्ब सकियो । कहाँ गयो त्यो पैसा ? भ्रष्टाचारीको भुडीमा ?’ बुधबार बुटवलको सडकमा भेटिएका एक जना प्रदर्शनकारी अशोक थापा क्षेत्रीले आक्रोस पोखे ।  

‘सरकार १० अर्ब खै ? भन्ने मुल व्यानर लिएर प्रदर्शनमा उत्रेकाहरुको हातमा नुन तेल र बेसार सकियो सरकार,‘खाएर बेसार हुँदैन कोरोनाको उपचार चाहियो पिसीआर’ हामी कुनै पार्टीका होइनौ होसीयार अब गरौ पिसीआर, नेता मुख हैन दिमाग चलाउ, हामी कार्पेट हैन राष्ट्रपति फेर्न चाहान्छौ जस्ता नारा लेखिएका प्लेकार्ड थिए । कुर्सीमुनी कार्पेट कार्पेट मुनी जनता लेखीएको प्लेकार्डसँगै सांकेतिक रुपमा एक करोडको कारर्पेट पनि प्रदर्शन गर्न भ्याएका थिए ।

देशका सबैजसो जिल्लाहरुमा भइरहेको प्रदर्शनलाई सरकारकै केही मन्त्रीले कोरोनामा राजनीति मिसीएको टिप्पणी गरीरहदा प्रदर्शनकारीहरुले भने सरकारका गलत क्रियाकलापविरुद्ध आवाज उठाउन स्वतन्त्र रुपमा सडकमा निस्केको प्रतिक्रिया दिएका छन् । प्रदर्शनकारीहरु अधिकाँस युवायुवती छन् र उनीहरुले आफूहरु सामाजिक संजाल मार्फत जोडीएर वा जानकारी पाएर सडकमा आएको बताएका छन् ।

बुटवल भैरहवाको सडकमा बिहानैदेखि सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो पारीएकाले मुख्य मन्त्री कार्यालय नै घेराउन गर्ने प्रदर्शनकारीहरुको योजना भने सफल भएन । ट्राफिक चोकबाट मुख्य मन्त्री कार्यालय तिरअघि बढेको भिडलाई प्रहरीले जेसीज चोकनीरै रोकीदिएको थियो । सरकारविरुद्ध नारा लगाउदा र मुख्यमन्त्री कार्यालय परिषरतिर अघि बढ्दा क्रममा रोक्न खोज्ने प्रहरीलाई प्रदर्शनकारीहरुले ‘प्रहरी हाम्रो मामा हो मामाले भान्जा पिट्नु हुदैन भन्ने प्लेकार्ड देखाएर वा नारा लगाएर फकाउने प्रयास गरेको पनि देखिन्थ्यो ।  

कोरोना संक्रमण नियन्त्रणका लागि पिसीआर टेष्ट गर्न माग गर्दै प्रदर्शनमा उत्रेकाहरुले क्वारेन्टिनहरु सुधार गर्न, आरडिटी टेष्ट बन्द गर्न र भ्रष्टाचार गर्न छोडेर जनतालाइ कोरोना संक्रमणबाट बचाउने कार्यमा लाग्न सरकारसंग माग गरेका छन् । प्रदेशका सबैजसो जिल्ला कोरोनाको उच्च जोखीममाा रहेका बेला सडकमा भौतिक दुरी कायम नगरी गरीएका यस्ता प्रदर्शनले कोरोनाको जोखीम झन बढ्ने प्रति भने चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७७ १५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App