१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा ५५ जना कोरोना संक्रमित थपिए

बिहीबार कर्णालीमा ५५ जना कोभिड–१९ अर्थात् कोरोना संक्रमित थपिएका छन् । दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौंका एकजना कोरोना संक्रमित थपिएका हुन् ।

६ महिने बालकदेखि ५० वर्षीयसम्ममा कोरोना पृष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । काठमाडौंका २९ वर्षीय ती पुरुष सुर्खेतस्थित चिंगाडमा बस्दै आएका थिए । बिहीबार संक्रमण पृष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या सात सय ६३ पुगेको छ ।

साथै बिहीबार कोरोना जितेर ३१ जना घर फर्कन लागेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना भाइरस जित्नेको संख्या ६० हुने स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रकाशित: २९ जेष्ठ २०७७ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App