पछिल्लो २४ घण्टामा २ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २ सय ३० जना पुरुष र २० जना महिला छन्। जम्मा संक्रमित ४ हजार ६ सय १४ जना छन्।
आज १८७ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ सय ६१ जना डिस्चार्ज भएका छन्। कोरोनाका कारण १५ जनाको निधन भइसकेको छ।
प्रकाशित: २९ जेष्ठ २०७७ १०:३७ बिहीबार