२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नवलपरासी र अर्घाखाँचीका दुई पुरुषको मृत्यु, स्वाब परीक्षणमा पठाइयो

नवलपरासी पश्चिम र अर्घाखाँचीका एक एक जना पुरुषको मृत्यू भएको छ।  क्वारेन्टीनमा बसेका अर्घाखाँचीका एक ५७ बर्षिय पुरुषको बुटवलमा उपचार गरि फर्कदै गर्दा बुधबार बाटोमै मृत्यू भएको हो।  नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकको भने बुधबार विहान बेलहिया गेट पारी सुनौली बजारमा मृत्यू भएको हो।  भारतीय सीमा  र क्वारेन्टीनमा मृत्यू भएकाले कोरोना आशंका गरि कोभिड १९ परीक्षण गरेर मात्रै शवको व्यवस्थापन गरिने भएको छ।  

गत जेठ १४ गते भारतबाट आएका अर्घाखाँचीका ५७ बर्षका यमप्रसाद खनालको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि फर्कदै गर्दा बुधबार बाटोमै मृत्यू भएको हो।   मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका थिए।  क्वारेन्टीनमा बसेका उनको स्वास्थ्यमा मंगलबारदेखि समस्या देखिएपछि थप उपचारका लागि बुटवल ल्याइएको थियो।  तर, लुम्बिनी प्रादेशिक अस्पतालले भने औषधी मात्रै दिएर फर्काएको मृतकका परिवारले बताए।  

खनालको श्वासप्रश्वासमा समस्या देखिएकाले यसअघि पनि शल्यक्रियासमेत गरिएको थियो।  बुटवलबाट औषधी लिएर घर फर्कँदै गरेका खनालको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।  जिल्ला स्वास्थ्य कार्यालयले उनी सहित १० जनाको स्वाव संकलन गरि २३ गते भैरहवा स्थित प्रदेश प्रयोगशालामा पठाएको थियो।  क्वारेन्टीनमा बसेकाको मृत्यू भएकाले कोरोनाको आशंकाले त्रास थपिएको छ।  तर मृतक खनालको स्वाव प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नभेटिएपछि पुन बुधबार साँझ स्वाव लिएर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश विकले जानकारी दिए।  

मृतक खनाललाई मालारानी गाउँपालिकामा मै पुर्यायइएको थियो।  जिल्ला अस्पतालमा ल्याएर  पुन स्वाव लिइएको हो।   विहिबार मात्रै रिर्पोट आउने स्वास्थ्य कार्यालयले जनाएको छ।   भारतमा मृत्यू भएका युवकको भने भारतमै पिसिआर परीक्षण गरेर मात्रै नेपालमा शव ल्याउने टुंगो लाग्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।  

उनका अनुसार नेपाल घर तर्फ आउँदै गर्दा भारतमै मृत्यू भएकाले कोभिड १९ परीक्षण गरेर मात्रै नेपाल ल्याउने नल्याउने टुंगो लाग्ने छ।  मृतक युवकको भारतीय अस्पतालमै स्वाव संकलन गरि कोभिड परीक्षण गरिएको प्रजिअ पन्थीले बताए।  नवलपरासी पश्चिमको सुस्ताका ती यूवा मुम्बईमा मजदुरी गर्दै आएका थिए।  उनी तीन दिनअघि पाल्पाका तीनजना साथीसहित बसमार्फत सुनौली आइपुगेको रुपन्देही प्रहरीले जनाएको छ।  

 

 

प्रकाशित: २८ जेष्ठ २०७७ १६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App