२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा आज मात्रै १२० जना संक्रमित थपिए

सर्लाहीमा सोमबार मात्र १२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै सर्लाहीमा ३६९ जना संक्रमित पुगेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार सोमबार सार्वजनिक भएको पीसीआर रिपोर्टबाट सर्लाहीका १२० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।  

विष्णु गाउँपालिका ३४, ब्रम्हपुरी गाउँपालिका ४३, ईश्वरपुर नगरपालिका १८, रामनगर गाउँपालिकाका १, चक्रघट्टा गाउँपालिका १५ र बलरा नगरपालिकामा ९ जना संक्रमित थपिएका हुन् । सोमबार थप भएका सबै कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु भएको प्रजिअ जिसीले जानकारी दिए ।

प्रकाशित: २६ जेष्ठ २०७७ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App