१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वर्षायाममा सडक नियमित सञ्चालन गर्न जिम्मेवारी तोकियो

वर्षायाममा पहिरो तथा हिलोका कारण सडक अवरुद्ध हुने कुरालाई मध्यनजर गर्दै सडक नियमित सञ्चालन गर्न जिम्मेवारी तोकिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले वर्षाका समयमा जिल्लाको ६ वटा सडक खण्डलाई नियमित सञ्चालन गर्न जिम्मेवारी तोकिएको हो।  

जिल्लामा वर्षायाममा मुख्य सडक तथा सहायक सडकहरू अवरुद्ध हुँदै आएकोले यस वर्षका लागि जिम्मेवारी तोकिएकाप्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। मुख्य जिम्मेवारी गाउँपालिका, सडक डिभिजन कार्यालय र गल्छी त्रिशूली बेत्रावती मैलुङ स्याफ्रुबेशी रसुवागढी सडक योजनालाई तोकिएको छ।  

यी निकायसँगको समन्वयमा सम्बन्धित गाउँपालिकामा रहेका जलविद्युत् आयोजनाले सडक खुलाउने काम गर्ने छन्। वर्षाको समयमा सडक अवरुद्ध हुने भएकाले अहिले पूर्वतयारी स्वरूप जिम्मेवारी दिइएको हो।

जिल्लामा रहेका सडकलाई बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड र डाँडागाउँ–ठूलोगाउँ सडक खण्ड, बेत्रावती–कालिका–राम्चे–ठाडे सडकखण्ड, ठाडे–धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड, बेत्रावती–भोर्ले–पारच्याङ–यार्सा सडकखण्ड, स्याफ्रुबेसी–गत्लाङ–मानचेत सडकखण्ड र रोङ्गा–चिलिमे–थाम्बुचेत सडकखण्ड गरेर वर्गीकरण गरिएको छ।

हाल सञ्चालनमा रहेको पासाङ ल्हामु सडक खण्ड र मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक वर्षायाममा अवरुद्ध हुँदै आएको छ। 

प्रकाशित: २५ जेष्ठ २०७७ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App