१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धरौटीमा रिहा भए 'भीआईपी जुवाडे'

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना व्यापारी धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जनही ३० हजार धरौटीमा रिहा गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीहरुलाई आज जनही ३० हजार धरौटी माग गरेपछि धरौटी बुझाएर रिहा भएका हुन्।  

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले सोमबार राती पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौबाट ५ दिनको समय लिएर अनुसन्धान गरेको थियो। प्रहरीले उनीहरुको मुद्धा विहिबार नै सरकारी वकिलको कार्यालयमा पठाएको भएपनि आज मात्रै उनीहरुलाई धरौटीमा रिहा गर्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश गरेका थिए। प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये जोगाइ होटलका सञ्चालक हुन्।

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App