२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दाङमा थप ८ जनामा कोरोना पुष्टि

दाङमा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । मंगलवार पुष्टि भएकाहरुमा बंगालचुली गाउँपालिकाका ६ जना पुरुष छन् । यसैगरि राप्ती गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । दाङमा दिनहुँ कोरोना संक्रमितहरु फेला परिरहेका छन् । यसअघि सोमवार मात्रै दाङमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैविच प्यूठानमा पनि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा प्यूठान स्वर्गद्धारी नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको कामु रजिष्ट्रार देवले जानकारी दिए । दाङ स्थित प्रतिष्ठानमा गरिएको अहिले सम्मको परिक्षणका क्रममा विभिन्न जिल्लाका १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा अहिले सम्म कुल ३ हजार २२ जनाको परिक्षण गरिएको छ । १ हजार ५ सय ९४ जनाको स्वाब परिक्षणका क्रममा रहेको पनि देवले जानकारी दिए ।

प्रकाशित: २० जेष्ठ २०७७ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App