२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा ५ सय बेड थपेर एक हजार आइसोलन बेत बनाइँदै

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि आइसोलेसन बेडको संख्या एक हजार पुरयाइने भएको छ । आइतबार साँझसम्म २ सय ७० संक्रमित भेटिएको जिल्लामा  हाल ४ सय ९५ आइसोलन बेड संचालनमा रहेको छ । संक्रमित  बढे पनि आवश्यक संख्यामा बेड नहुँदा समस्या परेको छ ।  जिल्ला प्रशासन कार्यालयमा पालिका प्रमुख, प्रदेश सदस्य, सुरक्षा निकायमा प्रमुख संचारकर्मीसहित कोरोना महामारीको नियन्त्रण र रोकथामाका विषयमा राखिएको बैठकमा सो निर्णय गरिएको हो । 
                    हालसम्म जिल्लाका नौ पालिकामा रहेको  आइसोलन सेन्टरमा ४ सय ९५ बेड रहेकामा त्यसमा थप ५ सय आइसोलेसन बेड थप्ने निर्णय भएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । ‘जिल्लामा संक्रमितहरु फेला पर्ने दरलाई हेरे पनि कम्तीमा एक हजार संक्रमित फेला पर्ने  अनुमान गरेका छौ  ।  त्यही आधारमा आइसोलेसन बेड समेत एक हजार पुरयाउने निर्णय गरिएको हो ’ उनले भने । आइसोलेसन सेन्टर तथा क्वारेन्टिनको संचालन र व्यवस्थापनको जिम्मा स्थानीय निकायलाई दिइएको छ । संक्रमितहरुलाई नियमित चेकजाँच र हेर्न जिल्लाका पाँच डाक्टरलाई समेत खटाइने छ ।

 कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकालाई डाक्टर गणेश क्षेत्री, कृष्णनगर महराजगंजलाई डाक्टर प्रशान्त द्धिवेदी, शिवराज र विजयनगरमा डाक्टर वेदप्रसाद चौधरी खटिने छन । यस्तै बाणगंगा र बुद्धभुमिमा डाक्टर रंजिता महतो तथा मायादेवी र सुद्धोदनमा डाक्टर गंगाराम यादवलाई हेर्ने गरी जिम्मा दिइएको छ । उता कोरोना अस्पतालको निर्मााका लागि पिपरा अस्पताललाई छनौट गरी यशाशीघ्र संचालनका लागि संघ र प्रदेश सरकारलाई आग्रह गर्ने समेत निर्णय गरिएको छ । महराजगंजमा १ सय ६९, यशोधरामा १ सय २४ कपिलवस्तु नगरपालिकामा ५५, मायादेवीमा १७, सुद्धोदनमा १५, विजयनगरमा २५, शिवराजमा २०, कृष्णनगरमा ४०, बाणगगामा ३० आइसोलेन बेड छन । आइसोलेसन र क्वारेन्टिनलाई मापदण्डअनुसार संचालन गर्नुपर्नेमा जोड दिइएको थियो । यस्तै धानको बीउ खरिदका लागि समेत ध्यान दिई कृषकहरुलाई छुट दिनुपर्ने, बाँकी अवधिका लागि नदीबाट नदीजन्य पदार्थ समेत उठाउन दिनुपर्ने लगायतका सुझाव दिइएको थियो ।

 पालिका प्रमुखहरुले कारोना नियन्त्रण र रोकथाममा संघ र प्रदेशले खाली आदेश मात्र दिने तर ठोस सहयोग नगरेको गुनासो गरे । यशोधरा गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले संघ र प्रदेश सरकारले पालिकाहरुलाई कोरोनाका विषयमा एकलौटी जिम्मेदारी दिएर आफुहरु उम्केको गुनासो गरे । ‘प्रदेश सरकारले नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख दिएको छ , त्यसले मात्र के नै हुन्छ ’ उनले भने । पिसिआरको किट अभाव र स्वाब संकलनको रिपोर्ट समेत सयममा नआउँदा  आफुहरु समस्यामा परेको उनले गुनासो गरे ।कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खा, शिवराज नगरपालिका मेयर नेत्रप्रसाद अधिकारी, बाणगंगा नगरपालिका मेयर मंगलप्रसाद थारु, मायादेवी गाउँपालिका प्रमुख बजरंगीप्रसाद कुर्मी, विजयनगर गाउँपालिका प्रमुख गोपाल थापाले पालिकाहरुलाई संघ र प्रदेशले ठोस सहयोग गर्नुपर्ने माग गरे । प्रदेश सदस्य विष्णु पन्थी, अर्जुन केसी,  रिना नेपालले कोरोना महामारीको रोकथाममा आफुहरुको समते साथ रहेको बताए । कपिलवस्तुमा २ सय ७० जना संक्रमित भेटिएका छन ।  

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App