१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ट्रकले कारलाई ठक्कर दिँदा बालकको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालीका वडा न ९ चौवन्नपुरमा ट्रकले कारलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख २६७४ नं को ट्रकले बिपरीत दिशातर्फ जादै गरेको बा २ ज ५१९५ नं.को कारलाई ठक्कर दिएको थियो ।  

दुर्घटनामा कारमा सवार धादिङ निलकन्ठ नगरपालिका–७ का वर्ष ७ का निरजन चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका धादिङ निलकन्ठ नगरपालीका-१४ बस्ने वर्ष २३ का रमेश घिमिरे कार चालक, बर्दिया जिल्ला बासगढी नगरपालीका-४ बस्ने वर्ष २२ का तुलाराम सोहि ठाउँकै बस्ने वर्ष ३० का मानबहादुर चौधरी र वर्ष ३४ की बाटुलीकुमारी चौधरीको कोमर्सिटी हस्पिटल बुटवलमा उपचार भइरहेको छ ।  

 

प्रकाशित: १३ जेष्ठ २०७७ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App