११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा उच्च सतर्कता

कोभिड–१९ को जोखिम हुन नदिन जुम्लामा उच्च सतर्कता बढाइएको  छ।  प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिका–१ साततलाका एक पुरुष युवामा गत सोमबार कोरोना भाइरस पुष्टि भएपछि जिल्लामा सतर्कता बढाइएको हो।  

जिल्लाका आठ स्थानीय तहले उच्च सतर्कता अपनाएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिए। उनले भने, जिल्लाका सबै स्थानीय तहले जिल्लास्तरीय क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालयमा राम्रो व्यवस्थापनका साथ निर्माण गरिएको छ। स्थानीयवासी जिल्ला बाहिरबाट आउने र कोरोनाको लक्षण देखापर्नासाथ जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा राखिने व्यवस्था मिलाएको उनले बताए।

क्वारेन्टिन सबै पालिकाको एउटै स्थानमा भएकाले क्वारेन्टिनमा बसेकाको कोरोना जाँच गर्न सहज भएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक रहेको शिक्षालयको क्वारेन्टिनमा गएर प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँचसमेत हुने सबैलाई उच्च मनोबल राख्न प्रतिष्ठानका चिकित्सकबाट हौसला प्रदान गरेको उनले जानकारी दिए।  

जिल्लाको विभिन्न स्थानीय तहका नाकामा कडाइ गरिएको र यही जेठ ३ गते रुपैडिया नाकाबाट आएका २९ जनालाई सो शिक्षालयको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा नेपाली सेनाको संरक्षणमा राखिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जानकारी दिए।

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App