२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालमा कति जनालाई निको भयो कोरोना ?

टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना मुक्त भएका छन्। टेकु अस्पतालमा उपचार गराईरहेका उनीहरुको पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। उपचारमा आएको ९ औं दिनमा उनीहरुलाई डिस्चार्ज गरिएको हो। यो सँगै नेपालमा ४९ जना कोरोना मुक्त भएर घर फर्केका छन्।  

आज मात्र थप ९ जनामा कोरोना देखिएको छ। उनीहरु मध्ये १ जना रुपन्देही र ८ जना झापाका रहेका छन्। यो सँगै संक्रमितको संख्या ४५३ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण ३८ जिल्लामा फैलिएको डा. देवकोटाले बताए।  

 

 

प्रकाशित: ८ जेष्ठ २०७७ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App