२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौंमा थपिए ३ जना संक्रमित

काठमाडौं उपत्यकामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो। 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन्।  योसँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ। अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

 

प्रकाशित: ६ जेष्ठ २०७७ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App