१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कपिलवस्तु थप १५ दिन सिल

कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्याल कपिलवस्तुले फेरी १५ दिनलाई जिल्लालाई सिल गरेको छ । यस अघि वैशाख २९ देखि जेठ ५ गते सम्मका लागि जिल्लालाई सिल गरिएको थियो । सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सिल गर्ने  निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पोेलले बताए ।

जेठ २० गते सम्म जिल्लालाई सिल गरिएको हो । प्रशासन कार्यालयमा बसेको कोरोना बिपद व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितको संयुक्त बैठकले सो निर्णय गरेको हो । जेठ २० गते मध्यरात सम्म  जिल्लालाई सिल गरिएको हो । प्रजिअ दीर्घनारायण पौडेलले जिल्लामा कोरानो तीब्ररुपमा फैलिए पछि जोखिम कम गर्र्न जिल्लालाई सिल गर्न अवधि थपिएको बताए । यस अघि गरिएको निर्णयलाई यथावत राखिएको तर तरकारी र खाद्यान्न किन्ने दिन घटाईएको छ । अब हप्ताको ३ दिन सोमवार बुधवार र शनिबार बिहान ७ देखि नौ बजे मात्र तरकारी र खाद्यान्न किन्ने समय छुट्टाईएको छ । जिल्लामा आउन र जान पुर्ण निषैध गरिएको छ । अत्यावश्यक बाहेका सबै उद्योगधन्दा कलकारखाना उदोग ब्यवसाय, सवारी साधानमा पुाणर््ा रोक लगाईएको छ । स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सिल गरिएको हो । प्रजिअ पौडेलले अब पासमा समेत कडाई गरिने छ । जिल्लामा ४३ जना कोरोना संक्रमति भेटिएका छन ।      

                                                                                                   

 

                                                                                                                                                                           

 

प्रकाशित: ५ जेष्ठ २०७७ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App