४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ

शनिबार उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा चिकित्सकलाई  दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ड्युटीमा खटिएका बेला जथाभावी बोल्ने उत्तम कार्कीलाई काठमाडौं परिसरको प्रहरीले पक्राउ गरेको हो ।  

उनले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उक्त भिडियो सामाजिक सन्जालमा भाइरल बनेको थियो । यस्तो बेला ड्युटीमा खटिनेलाई निरुत्साहित पारेको भन्दै कार्किलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्र राठौरले  दुर्वयवहार गर्नेलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App