२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सूर्यविनायक नगरपालिकामा उपत्यका बाहिरबाट आएकालाई खोज्न माइकिङ

काठमाडौं-भक्तपुरको थिमी र दुवाकोटमा  मंगलवार कोरोना संक्रमित भेटिएपछि स्थानीयले नगरपालिकाका बिभिन्न वडामाबाहिरवाट आएकालाई खोज्ने अभियान नै चलाएका छन्। प्रहरीले बुधवार नै नगरपालिकाको शंखधर चोक सिल गरेको छ। 

माइकिङ मार्फत घरवेटीले उपत्यका वाहिरवाट आएकालाई प्रहरी र वडा कार्यालयमा जानकारी दिनको लागि आग्रह गरेका छन् भने टोलवासीले माइकिङ सुनेपछि वडा कार्यालय र प्रहरीमा खवर समेत गरिरहेका छन्। ‘टोलवासीले खवर गरेपछि आज वालकोट पुगेर तराईवाट आएकालाई सोधपुछ गर्‍यौं, प्रधानमन्त्रीको घर नजिकै पनि वाहिरबाट मान्छे आएका जानकारी पाएका छौं’ अभियानमा सरिक स्थानीय समाजसेवी विवेक श्रेष्ठले नागरिकसित भने। 

अरनिको र विपी राजमार्गवाट नगरपालिकामा तराई तथा अन्य जिल्लामा गएकहरु फर्केर राति– राति आउने गरेको थाहा पाएपछि स्थानीयहरु थप त्रसित बनेका छन्। उनीहरुले टोलमा कोही आएको थाहा पाएपछि वडा कार्यालयलाई खवर नै गर्छन्। ‘ हामीले वडामा खवर गर्‍यौं समयमा कोही आएनन्’छिमेकीमा सर्लाहीवाट मान्छे आएको एक साता वितिसक्यो ’ स्थानीयवासी दिल श्रेष्ठले भने। 

समाजसेवी श्रेष्ठका अनुसार बुधवारदेखि सुरु गरेको या अभियानमा नगरपालिकाका २,३ र ४ वडामा माइकिङ तथा खोजपड्ताल कार्य भइसकेको छ। माइकिङवाट जानकारी पाएकाहरुले टोलमा नयाँ मानिस आएको जानकारी पनि दिने गरेका छन्। टोलवासीले दिएको जानकारीको आधारमा ३० जनालाई भेटेर होम क्वारेनटाइनमा निगरानीमा राखेको नगरपालिका वडा नम्वर दुईका वडा सदस्य सुभाष कार्कीले बताए। अस्पतालले सवैको परिक्षण नगरेको थाहा पाएपछि होम क्वारनटाइनमा बस्ने वडाको वैठकले निर्णय गरेको कार्कीले सुनाए। 

उनीहरुले बुधवारदेखि ठिमी तथा आसपासका वडामा माइकिङ तथा खोजपड्तालमा जुटेका छन्। स्थानीय वडा कार्यालयका प्रतिनिधी,स्थानीय टोलवासी सहितको टोली अभियानमा सरिक छ। कोरोना नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने वडा सदस्य कार्कीले बताए।

प्रकाशित: १ जेष्ठ २०७७ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App