२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा अग्नि पीडितका लागि कोरिया र काठमाडौमा साढे ८ लाख रुपैयाँ संकलन (अपडेट)

ताप्लेजुङ- ‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ....’राष्ट्रभक्तिपूर्ण यो गीतले भने झैं बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पूर्वी पहाडदेखि सुदुरपश्चिमसम्मका नेपाली नागरिकले ताप्लेजुङका आगलागी पीडितका लागि सहयोग प्रदान गरेका छन् । 

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले संचालन गरेको राहात सहयोग संकलन अभियानमा करिव ६ लाख ३० हजार रुपैयाँ अर्थात् ६४ लाख ३१ हजार ४४३ कोरियन वन संकलन भईसकेको राहत संकलन अभियानका संयोजक शंकर राईले जानकारी दिएका छन् । उनका अनुसार सहयोग संकलन अभियान जारी रहेको छ ।  

ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, उदयपुर, मकवानपुर, म्याङ्दी, खोटाङ, नवलपरासी र नवलपुरका नागरिकले समेत राहत सहयोग गरेका छन् । यस्तै तराईको बाँके, सुदुरपश्चिमको कञ्चनपुर, गण्डकीको स्याङ्जा, कास्की तथा उपत्यकाको ललितपुरसम्मका नागरिकले ताप्लेजुङका अग्नि पीडितलाई सहयोग गरेको संयोजक राईले जानकारी दिए । यस्तै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौले सोमवार साँझसम्ममा २ लाख ५ हजार ५२५ रुपैयाँ संकलन भएको जनाएको छ । केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले सहयोग संकलन अभियान जारी रहेको र सहयोग गर्नेको नामावली तथा रकम नियमित रुपमा सार्वजनिक भईरहेको जानकारी दिए ।  

सहयोग संकलन अभियान जेठ १५ गतेसम्म सञ्चालन हुने सरोकार केन्द्रले जनाएको छ । सरोकार केन्द्र ताप्लेजुङबाट पेशा व्यवसायको सिलसिलामा उपत्यकामा गई बसोबास गर्नेहरुको संस्था हो । बैशाख १९ गते राति ताप्लेजुङको फुङ्लिङ बजारको ट्याक्सी स्टेनछेउमा भएको आगलागीमा ८ घर जलेका छन् भने २९ परिवार बिस्थापित छन् । साढे ७ करोड बढीको क्षति भएको तथ्याङ्क संकलन गरिएको छ ।  

 

प्रकाशित: ३० वैशाख २०७७ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App