१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

म्याद गुज्रेको खाद्यान्न बेच्नेलाई २ लाख जरिबाना

विराटनगर, – म्याद गुज्रेको खाद्यवस्तु बेच्ने मोरङ उर्लावारीस्थित किराना पसललाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ । मंगलबार बजार अनुगमनका क्रममा म्याद गुज्रेको खाद्यवस्तु बिक्री गरेको पाइएपछि २ लाख रुपैयाँ जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जनाएको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उर्लावारी–७स्थित विना श्रेष्ठले सञ्चालन गरेको दीपेन्द्र किराना पसल तथा पाउरोटी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रमुख हिमालय बरालले जानकारी दिए । बरालका अनुसार उक्त किरानापसलमा बिक्री गर्न राखिएको खाने तेल, बिस्कुट, र पेयपदार्थको म्याद गुज्रेको पाइएको थियो । अनुगमन टोलिले सुन्दर हरैंचास्थित साह किरानापसल र मितेरी ट्रेडर्समा पनि खाद्य सामग्री फेला पारेको थियो । ती पसलमा फेला पारेका म्याद गुज्रिएका खाद्य पदार्थ भने नष्ट गरिएको वरालले जानकारी दिए । यस्तै एमआरपी भन्दा बढी मूल्य लिने उर्लावारीस्थित  अजय किराना पसललाई पनि सचेत गराइएको छ ।

प्रकाशित: २४ वैशाख २०७७ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App