४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सल्यान र रुकुम पश्चिममा चट्याङ, दैलेखमा बँदेलको आक्रमण

वीरेन्द्रनगर -सल्यानः सल्यानमा चट्याङ लागेरे एकजना बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। कुमाख गाउँपालिका–३, चिनाली की ६ वर्षीया हिमानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

चट्याङ लागेर कुमाख गाउँपालिका–३, का वडासदस्य २६ वर्षीय अतिराम राना, उनी श्रीमती ३० वर्षीया दीपा राना, छोरा ८ वर्षीय यमराज राना, २६ वर्षीय भाई टेकबहादुर राना र भतिजा २३ वर्षीय रणसिंह राना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। 

त्यस्तै प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सल्यान छत्रेश्वरी गाउँपालिका–२, दहवाङका खगेन्द्रप्रसाद भण्डारीको घरमा चट्याङ परेको छ। यहाँ एउटा राँगाको मृत्यु भएको र अन्यलाई चोटपटक नलागेको प्रहरीले जनाएको छ।

रुकुम पश्चिममा चट्याङ लाग्दा तीन घाइते
रुकुम पश्चिमः रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१०, चुनमा पनि चट्याङ लागेर तीनजना घाइते भएका छन्। चट्याङ लागेर २३ वर्षीया यमुना कठायत, १४ वर्षीया प्रंसशा बुढा र ५० वर्षीया फलसरी बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कविराज रोकायाले जनाकारी दिए। उनका अनुसार एउटा घरमा लागेको चट्याङले दुई÷तीन घरमा असर गरेको छ। त्यस्तै सोमबार सानीभेरी गाउँपालिका–४, का सिताराम ओलीको घरमा चट्याङ लागेको थियो। तर उक्त चट्याङबाट चोटपटक नलागेको प्रहरीले जनाएको छ।

बेवारिसे शव फेला
रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–४, छोटे बजार नजिकैको भेरी नदीमा एक अधबैसे पुरुष मृत भेटिएका छन्। मृतकको शव पानीमा आधा डुबेको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिमिल्सिनाका अनुसार प्रारम्भिक अध्ययन सुरु भएको छ। 

बँदेलको आक्रमणबाट घाइते
दैलेखको दुल्लु नगरपालिका–४, तलीगाउँकी १३ वर्षीया प्रभा भण्डारी जंगली बँदेलको आक्रमणबाट घाइते भएकी छिन्। उनी घरबाट करिब तीन सय मिटर पश्चिमतर्फ बँदेलको आक्रमणमा परेकी हुन्।

 

प्रकाशित: २४ वैशाख २०७७ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App