२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लुकेर भारत पस्न खोजेका १ सय १० भारतीय फिर्ता

दाङ- लुकीछीपी भारत जान खोजेका १ सय १० जना भारतीय नागरिकलाई मंगलबार प्रहरीले देउखुरी क्षेत्रमा रोकेको छ । दाङ बिजौरीस्थित एक ईट्टा उद्योगमा कार्यरत उनीहरु जंगलको बाटो हुँदै लुकीछिपी भारत पस्न खोज्दै थिए । उनीहरुलाई लमही नगरपालिका वडा नम्बर ९ जलकुण्डिस्थित जंगलबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

उनीहरु बिजौरीबाट सोमबार जंगलको बाटा हुँदै जलकुण्डिसम्म पुगेका थिए । ‘विजौरीस्थित ईट्टा उद्योगमा कार्यरत १ सय १० जना भारतीय मजदुरलाई नियन्त्रणमा लिईएको हो,’ ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख, प्रहरी निरीक्षक खिमवहादुर घर्तीले भने ‘जंगलको बाटो हुँदै उनीहरु भारत पस्न खोजेका रहेछन् ।’ घर्तीका अनुसार  खान बस्नको समस्या भएपछि भारतस्थित घर जान थालेको उनीहरुले बताएका छन् ।

‘उद्योग बन्द रहेकाले खानको समस्या भएको भन्दै घर जान भनि हिँडेको उनीहरुले वताएका छन्,’ प्रहरी निरीक्षक घर्तीले भने ‘१ सय १० जनाको समूहमा महिला पुरुषसहित साना बालबालीकाहरु समेत छन् ।’ जलकुण्डिका स्थानीयले उनीहरुलाई जंगलमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी त्यहाँ पुग्दा उनीहरु बीच जंगलमा लुकेर बसेको अवस्थामा भेटिएका थिए ।

प्रहरीले रोकेका उनीहरुलाई ईट्टा उद्योगमै फिर्ता पठाइएको छ । उद्योगका मालिक संग कुराकानी गरेर उनीहरुलाई खाद्यान्नको व्यवस्थापन गरिदिने सहमतीमा फिर्ता पठाइएको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए ।  

 

प्रकाशित: २३ वैशाख २०७७ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App