२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा ५०-५० मिटरको दुरीमा सशस्त्र प्रहरी

नोपलको लिलकण्ठवा र भारतको कटहरीया पर्ने दशगजा क्षेत्रमा दुबै तिरबाट ओहोर दोहोर गर्न नदिन खटेका सशस्त्र प्रहरी।

बारा- भारतमा दिन दिनै कोरोना भाइरसको संक्रमित ठुलो संख्यामा भेटिन थाले पछि भारतसँग सीमाना जोडिएको बाराका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ब्यापक सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउदै ५०-५० मिटर दुरीसम्ममा पनि सशस्त्र प्रहरी परिचालन गरेको बताएको छ।

भारतबाट कोरोना संक्रमित नेपालमा प्रवेश गर्न नदिनको लागि जिल्लामा रहेको अधिकाँश सशस्त्र प्रहरीको जनशक्ती भारत नेपालको दशगाजा क्षेत्रमा परिचालन गरिएको गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले बताएका छन् ।

दशगाजा क्षेत्रमा दुबै देश तिर बस्ती भएको  स्थानहरुको अवस्थालाई देखेर त्यहाँबाट ओहोरदोहोर हुने नदिनको लागि  ५० मिटरदेखि बढीमा ४०० मिटरसम्मको दुरीमा सशस्त्र प्रहरीहरुलाई परिचालन गरिएको सुवेदीले बताए। भारतसँग  ६४ किलोमिटर खुल्ला सीमा रहेको दशगजा क्षेत्रमा पहिला ७ वटा बिओपी कार्यालय मार्फत निगरानी गर्दै आएकोमा अहिले १७ वटा थप सशस्त्र प्रहरीको पोष्ट निर्माण गरी २३ स्थानहरुबाट सीमा क्षेत्रमा सशस्त्र प्रहरीको फौज परिचालन गरिएको सुवेदीले बताए।

सीमा क्षेत्रमा सामान्य अवस्थामा एक सय ५० जना सशस्त्र प्रहरीहरुलाई परिचालन गरिएको थियो भने कोरोना भाइरसको संक्रमित वा शंकास्पद व्यक्तिहरुलाई रोक्न चार सय ५० देखि पाँच सयको हाराहारीमा सशस्त्र प्रहरी परिचालन गर्नु परेको उनले बताए।

सीमा नाकामा खटेको प्रहरी जवानहरुलाई व्यक्तिगत रुपमै मास्क, पान्जा, सेनेटाइजर लगाएत समाग्रीको व्यवस्था गरिएको र अहिलेको संवेदनशित अवस्थालाई बुझेर सशस्त्र प्रहरीले २०-२० घण्टासम्म डयुटी गर्ने गरेको सुवेदीले बताए।

अहिलेसम्म भारतबाट नेपाल प्रवेश गर्न खोजिने एक सय २० भन्दा बढीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न लागएका छौ भने २० जना जति भारतीयहरुलाई नियन्त्रण्मामा लिएर भारतीय सुरक्षाकर्मीहरुको जिम्मा लगाएको दावी सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले गरे। भारतसगँ जोडिएको साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी बढाइएको छ।

दशगजामा घर भएका नेपालीको भारतमा र भारतीयको नेपालमा समेत खेती गर्न जग्गा रहेको र अहिले ती जग्गामा तरकारी र अन्न बाली लगाएकोमा सशस्त्र प्रहरीले ओहोर दोहोर गर्न दिनमा कडाई गरेपछि यस क्षेत्रका किसानहरुलाई समस्य भएको स्थानीयहरुले बताएका छन्।

 

प्रकाशित: २१ वैशाख २०७७ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App